१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


नेपाल र बंगलादेशको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने


1.963k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न रंगशाला जानु हुनेछ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच भिडन्त हुँदैछ ।

दशरथ रंगशालामा आज साँझ साढे ६ बजेदेखि हुन लागेको फाइनल खेल अवलोकन गर्न र पुरस्कार वितरण गर्न प्रधानमन्त्री ओली त्यसतर्फ जान लाग्नु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।