१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


नेपाल र बंगलादेशबीच हुने फाइनल खेल हेर्न टिकट लिनेको भीड


286
Shares

काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेशबीच हुने फाइनल खेल हेर्न टिकट कन्नेहरुको बिहानैदेखि भीड भयो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री गरेको हो । टिकटको मूल्य ५ सय र एक हजार रुपैयाँ तोकेको छ ।

एकजनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्ने व्यवस्था मिलाइएको छ।

यसपल्ट एन्फाले अनलाइनबाट टिकट बिक्री नगरी प्रत्यक्ष भौतिक रुपबाट मात्रै टिकट किन्न पाइने व्यवस्था गरेकाले टिकट काट्नेहरुको लामो लाइन लागेको हो । यसअघि अनलाइन टिकट लिइसकेकाहरुको रकम फिर्ता गरिने एन्फाले जनाएको छ ।