
काठमाडौं । बेल्जियमका लागि प्रस्तावित राजदुत सेवा लम्सालको नाम संसदीय समितिबाट अनुमोदन भएको छ ।
बुधबार सिंहदरबार बसेको समितिको बैठकले प्रस्तावित राजदुत लम्सालको नाम अनुमोदन गरेको हो ।
सुनुवाईपछि बैठकमा समितिका ज्येष्ठ सदस्य सभपति पशुपति समशेर जबराले प्रस्तावित राजदुत लम्सालको नाम अनुमोदन भएको जानकारी दिनुभयो ।
बैठकमा प्रस्तावित राजदुत लम्सालले आफ्नो कार्ययोजना प्रश्तुत गर्नुभएको थियो । उहाँले कार्ययोजना प्रश्तुत गर्दै प्रस्तावित राजदुतहरुले कार्ययोजना बनाउने तर कार्यान्वनय नगर्ने गरेको पाएको भन्दै आफूले प्रस्तुत गरेअनुसारका कामहरु कार्यान्वयन गर्दै जाने प्रतिवद्धता जनाउनुभयो । उहाँले आफूले आइटी क्षेत्र नेपालका लागि धेरै राम्रो रहेकाले बेल्ज्यिमबाट आइटीका लागि आवश्यक कामहरु अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
राजदुतहरु मुलुकको लागि भन्दा पनि आफ्नै लागि र अवकाशप्राप्त जीवन आराम गर्न जाने भन्ने कुराहरु आएको भन्दै आफ्नो पनि अवकाश हुन लागेको तर काम गरेर देखाउनका लागि जान लागेको बताउनुभयो ।
प्रस्तावित राजदुत लम्सालले आतिथ्य मुलुकले कति सम्बन्ध राख्न चाहेको हुन्छ, सहयोग आदानप्रदान र यसअघि कति विश्वस्त पारेको छ भन्नेकुराले धेरै महत्व राख्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्