१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिंहदरबार वैद्यखाना सरकारले सञ्चालन गर्न सक्दैन भने महानगरलाई दिनुहोस् : मेयर साह


1.911k
Shares

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) साहले सरकारले सिंहदरबार वैद्यखाना सञ्चालन गर्न नसके काठमाडौं महानगरपालिकालाई सञ्चालनको अजिम्मेवारी दिन आग्रह गर्नुभएको छ ।

बुधबार सिंहदरबार वैद्यखानाको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै मेयर साहले यस्तो बताउनुभएको हो ।

मेयर साहले सिंहदरबार वैद्यखाना सरकारले पूर्णरुपमा सञ्चालन गर्ने जिम्मेवारी लिनुपर्ने बताउनुभयो । उहाँले विक्री हुने कुरा घाटामा जान नसक्ने भन्दै औषधि उत्पादन बढाएर अर्थतन्त्रमा टेवा पु¥याउन सकिने बताउनुभयो ।

मेयर साहले देश किन डुब्यो भन्नेकुराको जानकारी पाउन सिंहदरबार वैद्यखाना आएर हेर्दा स्पष्ट हुने बताउनुभयो । उहाँले सरकारी ९० प्रतिशत उद्योगहरु लिजमा दिएर बेचिने गरेको बताउनुभयो । उहाँले लिजमा दिन नसके निजी संस्थाको प्रभाव र दबाबमा आएर सरकारी उद्योगहरुलाई डुबाइने गरेको बताउनुभयो ।

मेयर साहले २०५८/५९ सालमा यहाँको बजेट ५ करोड बजेट पाउने सिंहदरबार वैद्यखानाको अहिलेको बजेट १ करोड पनि नरहेको बताउनुभयो । उहाँले सरकारले ५० करोड बजेट छुट्याए पनि कम हुने ठाउँमा बजेट नै नहुनु दुःखद् भएको बताउनुभयो । उहाँले आयुर्वेदिक उपचार नेपालको संस्कार र संस्कृति भएको बताउनुभयो ।

मेयर साहले सिंहदरबार वैद्यखाना र आयुर्वेदलाई जोगाउन नसके देश जोगाउन नसकिने बताउनुभयो । मन्त्रालयले एलोपेथिक र आयुर्वेदिक दुवैलाई बराबर हेर्ने गरेको बताउनुभयो । उहाँले सरकारले हेरेका निकायहरु सबै डुबेको उदाहरण दिँदै मन्त्रालयले हेर्ने खृष्टिकोण सबैमा बराबरी रहेको बताउनुभयो । डुबेका उद्योगहरु उकास्न जरुरी रहेको बताउनुभयो ।

मेयर साहले सबै सरकारी निकायहरु उकास्नुपर्ने बताउनुभयो ।