२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


देशमा सबैभन्दा ठूलो आवश्यकता इमान्दारिताको हो : सभापति चालिसे


416
Shares

काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले देशमा सबैभन्दा ठूलो आवश्यकता इमान्दारिता भएको बताउनुभएको छ ।

बुधबार सिंहदरबार वैद्यखानाको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै सभापति चालिसेले सिंहदरबार वैद्यखानालाई सबै मिलेर सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले ३७५ वर्षअघि स्थापना भएको सिंहदरबार वैद्यखाना अहिले धराशायी बन्नु दुःखद् भएको बताउनुभयो ।

सभापति चालिसे १५० किसिमका औषधिहरु बनाउने वैद्यखाना अहिले शुन्य सरह बन्नु दुःख लागेको बताउनुभयो । उहाँले लामो समय धराशायी भएको संस्थालाई सञ्चालन गर्ने प्रयास गर्नु नै राम्रो कदम भएको बताउनुभयो । उहाँले सबैमा गरौँ भन्ने भावना जागृथ गर्नसके देश विकास गर्न सम्भव नहुने बताउनुभयो ।

सभापति चालिसेले एउटा गरौँ भन्ने व्यक्तिले अर्को काम गर्ने व्यक्तिलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।