२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेपाल-भारत सीमानामा पर्खाल लगाऔं, भिसा प्रणाली लागू गरौं : वामदेव गौतम


1.313k
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाल-भारत सीमाना बन्द गरेर भिसा प्रणाली लागू गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सुपारीको उत्पादन र निकासीमा भएका समस्याका सम्बन्धमा छलफल गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

गौतमले नेपाल–भारत खुला सीमानाका कारण नेपालमा उत्पादन भएका वस्तुहरु भन्सार बाहिरबाट भारतमा निर्यात हुने गरेको भन्दै सीमानामा पर्खाल लगाउनुपर्ने बताउनुभयो । उहाँले सुपारी निर्यातको विषय सरकारले टुङ्ग्याउन नसक्नु सरकारको असक्षमता भएको उल्लेख गर्दै सरकारमा रहेका व्यक्तिहरु नै तस्करहरुसँग मिलेर काम गरिरहेका आरोप लगाउनुभयो । उहाँले खुला सीमाना बन्द गर्दै भिसा प्रणाली लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

गौतमले मानिसको आवतजावत पनि तोकिएको भन्सार नाकाबाट मात्रै हुनुपर्ने बताउनुभयो । खुला सीमानाका कारण भारतबाट नेपालमा पसेर व्यक्ति हत्या समेत हुने गरेको भन्दै स्वतन्त्र देशको अवस्था यस्तो हुनु नहुने बताउनुभयो ।