२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


यो सरकार पत्रकारहरुबाट आलोचनाको अपेक्षा गर्छ : सञ्चारमन्त्री गुरुङ


403
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारको आलोचना गर्न पत्रकारहरुलाई आग्रह गर्नुभएको छ ।

बुधबार नेपाल पत्रकार महासंघले दशैँ, तिहार, छठ पर्व र नेपाल सम्वत् ११४५ को अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले पत्रकारहरुलाई सरकारको स्वस्थ आलोचना गर्न आग्रह गर्नुभएको हो ।

सञ्चारमन्त्री गुरुङले पत्रकारको आलोचनाले सरकारलाई लोकतान्त्रिक बाटो हिड्न मद्दत गर्ने बताउनुभयो । उहाँले पत्रकारको आलोचनाले मन्त्रीहरुले गलत काम गर्न रोक्ने भन्दै त्यो भुमिका निभाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

सञ्चारमन्त्री गुरुङले सरकारले पत्रकारहरुबाट आलोचनाको अपेक्षा राखेको बताउनुभयो । आलोचना सुन्ने क्षमता राख्नेले कहिल्यै पनि कमजोर काम नगर्ने उहाँको भनाई छ । उहाँले पत्रकारहरुले सरकारको आलोचना गरे सरकार निरंकुशताको बाटो नलाग्ने बताउनुभयो ।