
काठमाडौं । नेपालले लगातार दोस्रो पल्ट साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने अवसर गुमाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको सातौं संस्करणको फाइनलमा नेपाल बंगलादेशसँंग २–१ ले पराजित भयो ।
यससँगै नेपाल लगातार दोस्रोपल्ट बंगलादेशसँग पराजित हुंदै उपाधिविहीन भएको हो । गत संस्करणमा पनि नेपाल बंगलादेशसककंग ३–१ ले पराजित भएको थियो । नेपालले छैटौं पटक साफको उपाधि जित्ने अवसर खेर फाल्यो ।
बंगलादेशको जितमा मोनिका चक्मा र रितु पोर्ना चक्माले गोल गरिन् । नेपालकी अमिशा कार्कीले गोल फर्काइन् ।
पहिलो हाफमा गोलरहित बराबरीमै सकियो । दोस्रो हाफमा भने तीन गोल भयो । बंगलादेशले अग्रता दिलाए पनि नेपालले गोल फर्काएको थियो । तर अन्तिम समयमा बंगलादेशले गोल थप्दै नेपालको सपना पूरा हुन दिएनन् ।
बंगलादेशकै गोलकिपर रुपना चक्मा उत्कृष्ट गोलकिपर र भूटानकी देकी लाजोम सर्वाधिक गोलकर्ता चयन भए । प्रतियोगितामा भूटानले फेयर प्ले अवार्ड प्राप्त ग¥यो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले च्याम्पियन बंगलादेशलाई ट्रफी प्रदान गरे ।
सो कार्यक्रममा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलगायत उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस्