
एजेन्सी । चीनका तीन अन्तरिक्ष यात्रीसहितको अन्तरिक्ष यान अन्तरिक्षमा सफलता पुर्वक अवतरण गरेको छ । शेन्चाउ १९ अन्तरिक्ष नामक उक्त यान प्रक्षेपण गरिएको ६ घण्टाभन्दा बढी समयको यात्रापछि शेन्चाउ १९ अन्तरिक्ष स्टेशनमा पुगेको हो ।
तीन अन्तरिक्षयात्रीमध्ये एक जना चीनकी पहिलो महिला अन्तरिक्ष इन्जिनियर र एक जना चीनको अहिलेसम्मकै कान्छा अन्तरिक्षयात्री हुन् । उनीहरू अबको ६ महिना अन्तरिक्ष स्टेशनमा बस्नेछन् ।
आफ्नै अन्तरिक्ष स्टेशन रहेको चीनले सन् २०३० सम्ममा चन्द्रमामा मानिस पु¥याउने लक्ष्य लिएको छ । चीनले गत दुई वर्षअघि मात्रै चिनियाँ राष्ट्रपति सी जिनपिङले अन्तरिक्षको अन्वेषण, स्पेस उद्योगको विकास र चीनको आफ्नै अन्तरिक्ष प्रभुत्व जमाउने घोषणा गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्