१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


घर-घरमा गरियो लक्ष्मीको पूजा, आराधना


780
Shares

काठमाडौं । तिहारको मुख्य दिन आज घरघरमा लक्ष्मी पूजा गरेर मनाइएको छ ।

नेपालीहरको महान पर्व लक्ष्मीपूजा आज घरघरमा देवी लक्ष्मीको पूजाआराधना गरी मनाइएको हो ।

धनकी देवी लक्ष्मीको घर, कार्यालयहरुमा पूजा गरी मनाइएको छ । घर तथा कार्यालयहरुमा विभिन्न देवीको अष्टदल, प्रतिमा राखि पूजा आराधना गरी मनाइएको हो ।

घरको आँगनमा रंगोली बनाइ पूजा गर्ने चलन छ । लक्ष्मीपूजाको अवसरमा जनकपुर धाममा पनि धुमधामका साथ लक्ष्मीपूजा गरिएको हो ।