२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपाल आयल निमगले डिजेल र मट्टितेलको मूल्य घटायो


0
Shares

काठमाडौं । नेपाल आयल निमगले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँका दरले घटाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्यमा भने कुनै परिवर्तन गरिएन ।

काठमाडौँ, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको मूल्य १५० रुपैयाँ कायम भएको छ । यस्तै सुर्खेत र दाङमा १४९ रुपैयाँ र बाँकी क्षेत्रमा १४७.५० रुपैयाँ कायम गरिएको छ । परिवर्तन गरिएको नयाँ मूल्य आज बिहानदेखि लागु भएको छ ।

निगमले हरेक १५ तारिख र महिनाको अन्तिम दिन मूल्य समायोजन गर्ने गरेको छ ।