
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका तीनवटा जिल्ला समिति पुनर्गठन भएका छन् ।
कोशी प्रदेशको झापा र गण्डकी प्रदेशका तनहुँ र नवलपुर जिल्ला समिति पुनर्गठन भएका हुन् ।
शत्रुधन चौधरीको अध्यक्षतामा झापा जिल्ला समिति पुनर्गठन भएको छ भने जसपा तनहुँ जिल्ला देउबहादुर थापा मगरको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समिति पुनर्गठन भएको छ । यस्तै ओमबहादुर रानाको अध्यक्षतामा १७ सदस्यीय नवलपुर जिल्ला समिति पुनर्गठन भएको छ ।
प्रतिक्रिया दिनुहोस्