२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


दुर्घटनामा एकको मृत्यु, एक घाइते


0
Shares

काठमाडौं । नुवाकोटको लिखु गाउँपालिका–६ छहरेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मिनीट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

टोखा–छहरे सडकमा बिहीबार राति भएको दुर्घटनामा तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा तादी–३ का राजाराम श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको ग्रिनसिटी अस्पताल काठमाडौँमा उपचार भइरहेको बताइएको छ । दुर्घटनापछि मिनीट्रकका चालक फरार भएका छन् ।