१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जङ्गली हात्तीको आत्रमणबाट एकको मृत्यु


1.313k
Shares

रौतहट । रौतहटमा आज बिहान जङ्गली हातीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । फतुवा विजयपुर नगरपालिका ११ बटुवाकी पातली माया घिसिङको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

मृतक घिसिङ र श्रीमान मात्रै जङ्गल क्षेत्रमा घर बनाइ बसोबास गर्दै आएका थिए । हात्तीले घर भत्काउन थालेपछि दुवै जना भाग्ने क्रममा घिसिङलाई घरभन्दा २० मिटर पर आक्रमण गरी मारेको हो भने उनका श्रीमान बुद्धिमान दोङले भागेर ज्यान जोगाएका थिए ।

इलाका प्रहरी कार्यालय फतुवा विजयपुरका प्रहरी निरिक्षक ईन्द्रमान अधिकारीले घिसिङको शव पोष्टमार्टम गरी परिवारजनलाई बुझाउने बताउनुभयो । केही दिनदेखि रौतहटको उत्तरीक्षेत्रमा जङली हात्तीले किसानको बाली नष्ट गर्दै आएको छ ।