२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


तिहारको अवसरमा सभामुख घिमिरेद्वारा शुभकामना व्यक्त


104
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले तिहार २०८१ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । तिहारले नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान होस् भन्दै उहाँले शुभकामना व्यक्त गर्नुभएको हो ।

आइतबार एक सन्देश जारी गर्दै सभामुख घिमिरेले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । “तिहारले आपसी मेलमिलाप, भ्रातृत्व र सामाजिक सद्भावलाई सुदृढ बनाउँदै सबै नेपालीको मुहारमा उज्यालोपन ल्याउन सकोस् भन्ने कामना गर्दछु ।” सन्देशमा भनिएको छ ।

सभामुख घिमिरेको सन्देशमा भनिएको छ, “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक हो, तिहारजस्ता पर्वले विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावको संरक्षण गर्न मद्दत गर्ने विश्वास लिएको छु ।”