
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी महिनामा हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि एक नगरप्रमुख र दुई वडाध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।
केही दिनअघि एमालेको नगर समितिले कीर्तिपुर नगरप्रमुखमा डा सुरेन्द्र मानन्धर र वडा नं १ तथा वडा नं ४ मा बद्री बुढाथोकीलाई सर्वसम्मत सिफारिस गरेको थियो । आज कीर्तिपुरमा भएको घोषणा सभामा नगरप्रमुखका उम्मेदवार मानन्धरले कीर्तिपुरका जनताको चाहनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने बताउनु भएको छ ।
घोषणा कार्यक्रममा एमाले स्थायी समिति सदस्य राजन भट्टराई र बागमती प्रदेश प्रमुख आनन्द पोखरेलले जनताका बिचमा गइ उनीहरूका काम गर्न जनप्रतिनिधिले दत्तचित्त भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्