
काठमाडौं । नेकपा एमालेको आज सचिवालय बैठक बस्दैछ । बैठक शनिबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न एमालेले सचिवालय बैठक बोलाएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
आजको बैठकमा पार्टीभित्रका आन्तरिक र सांगठनिक गतिविधिका बारेमा पनि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्