२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बागलुङमा भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु


377
Shares

काठमाडौं । बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बागलुङको जैमिनी नगरपालिका– ७ जैदीको व्यार्थलानजिकै पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार जाँदै गरेको ग २ च ९२४७ नम्बरको भ्यान सोमबार बिहान दुर्घटना हुँदा चालकसहित पाँचजनाको मृत्यु भएको हो ।

भ्यानमा चालकसहित ६ जना रहेका थिए । मृत्यु हुनेहरुमा जैमिनी नगरपालिका ८ केवईका जिप चालक ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँ बस्नेहरु २० वर्षीय रश्मी श्रीष, ५० वर्षीय नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुल प्रसाद श्रीष रहेका छन् । दुर्घटनामा जैमिनी नगरपालिका– ८ का ४५ वर्षीय गंगाबहादुर श्रीष घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार ६ जना सवार रहेको भ्यानबाट गम्भीर घाइते एक जनाको जीवितै उद्धार गरिएको छ । उनलाई थप उपचारका लागि धौलागिरी अस्पताल बागलुङ लगिएको छ ।