२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


एक्लै उपनिर्वाचन लड्ने माओवादी केन्द्रको निर्णय


884
Shares

काठमाडौं । माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचन एक्लै लड्ने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टी पदाधिकारी बैठकले उपनिर्वाचनमा अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिनुभयो ।

यद्यपि आवश्यकताअनुसार केही स्थानमा भने विपक्षी मोर्चामा रहेका केही दलसँग तालमेल भने गर्न सकिने ढोका खुलै राखिएको सचिव शर्माले बताउनुभयो । त्यसैगरी आगामी पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय पनि बैठकले गरेको छ ।

स्थानीय तहको उपनिर्वाचन यही मंसिर १६ गते ४४ रिक्त पदमा हुँदैछ ।