२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


शेयर बजारमा करेक्सन, कारोबार रकम पनि ह्वात्तै घट्यो


689
Shares

काठमाडौं । पछिल्ला दुई दिन बढेको शेयर बजारमा मंगलबार करेक्सन आएको छ ।

बिहान २७ सय ८८ को विन्दुसम्म पुगेको नेप्से परिसूचक अन्तिममा ११ अंकले ऋणात्मक हुँदै २७ सय ४८ मा बन्द भएको छ । बजार घटेसंगै मंगलबार कारोबार रकम पनि ह्वात्तै घटेको छ ।

सोमबा ११ अर्ब ३१ अर्बको कारोबार भएकोमा आज दिनभरमा ३१२ स्टकको एक रोड ६७ लाख ८६ हजार कित्ता शेयर ७ अर्ब ८५ करोड ९७ लाख रुपैयाँमा खरिद विक्री भएको हो । नेप्सेमा सूचिकृत १३ वटा उपसमूह मध्ये मंगलबार १० वटा उपसमूहको परिसूचक घटेको छ भने तीन वटाको परिसूचक मात्रै बढेको छ ।

घटेको बजारमा पनि चार वटा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । गुराँस लघुवित्त, मेन्छियाम हाइड्रोपावर, बेष्ट फाइनान्स र एनएलजी इन्स्योरेन्सको शेयर मूल्य सर्किट लेभलमा कारोबार भएको हो । तर गुडविल फाइनान्सको शेयरमूल्य भने सर्वाधिक ९ दशमलव ३६ प्रतिशतले घटेको हो ।

कारोबार रकमका आधारमा आज गुडविल फाइनान्सको सर्वाधिक २९ करोड २८ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ ।