७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


दुई वटा संसदीय समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअनुसार बिहान साढे ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ । बैठकमा सहकारी ऐेनको कार्यान्वयनमा रहेका समस्याका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा बालबालिका सम्बन्धी ऐनको कार्यान्वयन मापन सम्बन्धमा विज्ञ र सरोकारवालासँग छलफल हुनेछ ।