२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


शेयर बजारमा निरन्तर गिरावट


819
Shares

काठमाडौं । शेयर बजारको गिरावटले बुधबार पनि निरन्तरता पाएको छ ।

साताका शुरुका दुई दिन बढेको बजार मंगलबार र बुधबार घटेको हो ।

मंगलबारको तुलनामा बुधबार कारोबार रकम भने बढेको छ । बुधबार दिनभरमा एक करोड ५३ लाख ६२ हजार कित्ता शेयर ७ अर्ब ९१ करोड १९ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको छ ।

नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये आज नौ वटा उपसमूह घटेका छन् भने चार वटा उपसमूह बढेका छन् । वित्त उपसमूह सर्वाधिक ४ प्रतिशत बढीले बढेको छ ।

बुधबार सप्तकोशी डेभलपमेन्ट बैंक, श्रृजनशील लघुवित्त, पोखरा फाइनान्स, मकर जितुमाया सुरी हाइड्रोपावर र समृद्धि फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । तर कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज जानकी फाइनान्सको सर्वाधिक ३३ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।