२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025


धनराज गुरुङसँग सीआइबीले लियो बयान


2.145k
Shares

काठमाडौं । सहकारी ठगीमा संलग्न रहेको आरोप लागेका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार लिखित बयान लिएको छ ।

बुधबार दिउँसो १२ बजेदेखि अपराह्न ५ बजेसम्म पाँच घण्टा गुरुङसँग बयान लिइएको सीआइबीले जनाएको छ । गुरुङकी श्रीमती ज्योति गुरुङ ब्यवस्थापक रहेको ललितपुरको मितेरी सहकारीबाट करोडौं रकम हिनामिना भएको र त्यसमा नेता गुरुङको पनि संलग्नता रहेको आरोप लाग्दै आएको छ ।

गुरुङले भने श्रीमती ज्योतिसंग सम्बन्ध विच्छेद भईसकेको दाबी गर्दै आएका छन् । तर उक्त सहकारीका अध्यक्ष कुम्भराज गुरुङले धनराज र ज्योतिबीचको सम्बन्ध विच्छेद नक्कली भएको दाबी गर्दै आएका छन् । सीआइबीसंगको बयानमा पनि गुरुङले श्रीमतीसंग छुट्टिईसकेको र सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नता नरहेको बताएको सीआइबी स्रोतले जनाएको छ ।

धनराजकी तत्कालिन पत्नी ज्योतिले मितेरी सहकारीको १४ करोड ८१ लाख रुपैयाँ बचत अपचलन गरेको आरोप छ । दुई वर्ष अघि धनराज आफैंले ज्योतिलाई अमेरिका लगेर छाडेका थिए भने उनी अहिले पनि अमेरिकामै रहेकी छन् । सहकारी ठगी छानविन संसदीय समितिले समेत धनराज गुरुङमाथि छानविन गर्न सुझाव दिएको थियो । तर राजनीतिक शक्तिको आडमा गुरुङमाथि अनुसन्धान हुन सकेको थिएन ।