
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा मंसिरको दोस्रो साता चीन भ्रमणमा जानुहुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ देखि २१ गतेसम्म चीनको राजकीय भ्रमणमा जाने हुनुभएकाले त्यसको तयारीका लागि मन्त्री राणा चीन भ्रमणमा जान लाग्नुभएको हो । उहाँको भ्रमणका लागि मन्त्रालयले तयारी गरिरहेको छ ।
चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उहाँको चीन भ्रमण हुन लागेको जनाइएको छ । यही नोभेम्बरको अन्तिम साता उहाँले चीन भ्रमण गर्नुहुने गरी तयारी शुरु गरिएको परराष्ट्रमन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्