
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले टी ट्वान्टी विश्वकमा छनौट हुन सफल यू–१९ महिला टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गर्ने घोषणा गरेको छ ।
संघका प्रवक्ता छुम्बी लामाले टोलीका प्रत्येक खेलाडीलाई जनही २ लाख ५० हजार रुपैयाँ प्रदान गरिने जानकारी दिनुभएको हो ।
साथै टिम अफिसियलहरुलाई जनही १ लाख ५० हजारका दरले सम्मान गरिने पनि क्यानले जनाएको छ । हिजो बुधबार भएको खेलमा नेपाली महिला टोलीले यूएईलाई हराउँदै आगामी जनवरीमा मलेसियामा हुने यु–१९ महिला विश्वकपमा छनोट भएको हो । यसैबीच, विश्वकपमा छनौट हुन सफल नेपाली टोली आज स्वदेश फर्किएको छ ।
क्यानको टोलीले खेलाडीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्