
काठमाडौं । माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा १२ बजे बस्नेछ ।
विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।
कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक पुस २ देखि ७ गतेसम्म बस्ने निर्णय गरेअनुसार थप छलफल गर्न आज पदाधिकारी बैठक बस्न लागेको हो ।
बैठकमा समसामयिक राजनीति र पार्टीको आगामी रणनीतिका बारेमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले बोल्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्