
काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रले सोमबार दिउँसो १२ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठकको आह्वान गरेको थियो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको उपाध्यक्ष तथा पार्टीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।
पूर्वप्रधानमन्त्री दाहाल आज पूर्वसभामुख दमननाथ ढुंगानाको श्रद्धाञ्जली लगायतका कार्यक्रममा सहभागी हुनुहुनेछ । पदाधिकारी बैठक मंसिर ४ गते बस्ने माओवादी केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्