
काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहहरुलाई आठ बूँदे निर्देशन जारी गरेको छ ।
उपचुनाव हुने स्थानीय तहहरु भित्र आचार संहिता अवधिभित्र कुनै पनि उद्घाट्न, शिलान्यासलगायता कामहरु नगर्न आयोगले निर्देशन दिएको छ ।
यस्तै, आयोगले यही मंसिर ५ गतेदेखि मंसिर १६ गतेसम्म उपनिर्वाचन हुने स्थानीय तहहरुमा मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन गर्न नपाइने व्यवस्था गर्न पनि भनेको छ । आयोगले लेखेको पत्रमा उपनिर्वाचन हुने ३३ जिल्लाका ४४ स्थानीय तहमा शान्ति सुरक्षाको ब्यवस्था मिलाउन तथा मंसिर १६ गते मतदानको दिन मतदातालाई मतदान केन्द्रसम्म पुग्ने वातावरण बनाउन भनिएको छ ।
निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकुल प्रभाव नपर्ने गरी सम्बन्धित स्थानीय तहका मतदाताहरूको सहज आवागमनको लागि सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवस्था मिलाउन आयोगले भनेको हो । मंसिर १३ गतेदेखि मौन अवधि लागू हुने भएकाले उक्त अवधिमा प्रचार प्रसारमा रोक लगाउन पनि आयोगले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई भनेको छ ।
मसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि हिजो मनोनयन दर्ता भईसकेको छ भने आज उम्मेदवारहरु विरुद्ध उजुरी दिने अवधि तोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्