२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


0
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

सोमबार बस्ने भनिएको बैठक स्थगित भएपछि आज बैठक बस्न लागेको सचिव दीनानाथ शर्माले जानकारी दिनुभयो ।

बैठकमा पार्टीको विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ ।