१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रुकुमपश्चिममा महिलाले गरिन् श्रीमानको हत्या


2.86k
Shares

काठमाडौं । रुकुमपश्चिममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । चौरजहारी नगरपालिका २ की ३२ वर्षीया दिपा कुमालले उनका श्रीमान् ४० वर्षीय मधु कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

आज मंगलबार बिहान दिपाले आफ्नो श्रीमानको हत्या गरेकी हुन् । चिर्पट दाउराले टाउकोमा हानेर मृत्यु भएको भन्दै मृतकका छोरा खिम कुमालले प्रहरीलाई जानकारी दिएका थिए ।

सूचना पाउनासाथ इलाका प्रहरी कार्यालयको टोलीले हत्या आरोपी महिलालाई नियन्त्रणमा लिएको छ भने मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिँदैछ । घरायसी विवादका कारण श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।