१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्थ मन्त्रालयबाट विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा


0
Shares

काठमाडौं । अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपियाँ जम्मा गरेको जनाएको छ । मंगलबार प्रेस नोट जारी गर्दै मन्त्रालयले उक्त रकम जम्मा गरेको जनाएको हो ।

गत असोज १२ र १३ गते आएको बाढी पहिरोले जनधनमा क्षति पुर्‍याएपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको थियो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार कोषमा जम्मा भएको रकम विपद् व्यवस्थापनमा खर्च हुनेछ ।