
फाइल तस्बिर
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । साइबर अपराध गरेको आरोपमा भक्तपुरस्थित आफ्नै घरबाट उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले पक्राउ गरेको हो ।
सीआइबीले प्रसाईँलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको जनाएको छ । सोमबार प्रसाईंले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए ।
फेक डकुमेन्टको सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको पाइएपछि नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ । प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्