
काठमाडौं । डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा सात जना घाइते भएका छन् । घाइतेहरूमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ छ ।
कञ्चनपुरको दैजीबाट परशुराम नगरपालिकातर्फ गइरहेको जीप दैजी–जोगबुढा सडकखण्डको लिप्नामा दुर्घटना भएको हो । जीप सडकबाट ३० मिटर तल खसेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्