१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रास्वपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै


455
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । मंगलबार बसेको बैठकले आन्दोलनको बारेमा निष्कर्षमा पुग्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो ।

पार्टीको आन्तरिक संवाद र एकतालाई थप मजबुत बनाउन तथा अर्को चरणको विरोध प्रदर्शन गर्ने भन्दै रास्वपाले त्यसको तयारी गर्न बैठक बोलाएको हो । बैठक आज दिउँसो तीन बजे बस्ने जनाइएको छ ।

आज बस्ने बैठक पार्टीको दोस्रो चरणको कार्यक्रमबारे निष्कर्षमा पुग्ने पार्टीका नेताहरूको अपेक्षा छ ।