
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।
जसअनुसार विधायन, व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।
त्यस्तै बिहान साढे ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदाउपर छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्