
मकवानपुर । हेटौंडा-बीरगञ्ज सडकअन्तर्गत हेटौंडा उपमहानगरपालिका- १५ को चुरियामाइ नजिक आज बिहान यात्रु बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार बीरगञ्जबाट पोखरा जान लागेको ग २ ख १६२१ नं को यात्रुबाहक बस ब्रेक फेल भएर सडक छेउ खोल्सामा पल्टिँदा चालकसहित १७ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि हेटौंडा अस्पतालमा लगिएको र उनीहरु सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्