२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रविलक्षित प्रधानमन्त्री ओलीको टिप्पणी – ठगी र भ्रष्टाचार सैह्य हुन्न, कारबाही हुन्छ


1.469k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठग र अपराधमा संलग्नहरुलाई कारबाही गरेरै छाड्ने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेलाई लक्षित गर्दै चोरले प्रहरी हाकिमलाई हप्काएजस्तो काम भइरहेको दृष्टान्त प्रश्तुत गर्नुभयो । उल्टै चोरले प्रहरीका हाकिमलाई हप्काएजस्तै यहाँ त उल्टै सहकारीमा सहकारी ठगी गर्ने, अरुलाई मुख छाड्ने रु प्रधानमन्त्री ओलीको प्रश्न थियो । शुक्रबार काठमाडौंमा आयोजित जागरण सभामा बोल्दै उहाँले सरकारले गठी र अपराध गर्नेहरुलाई नसहने चेतावनी दिनुभयो ।

प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको आरोप फाल्तु भएको जिकिर गर्दै त्यसमा टिप्पणी गरेर समय खेर फाल्न नचाहेको पनि दोहो¥याउनुभयो । उहाँले आफूमाथि कम्बोडिया र स्विस बैंकमा करोडौं रकम राखेको भन्नेहरुले प्रमाण ल्याउन पनि चुनौति दिनुभयो ।

प्रधानमन्त्री ओलीले आफन्तहरुलाई समेत पुग्नेगरी सम्पती जोड्ने कामहरु भइरहेको आरोप पनि लगाउनुभयो ।