१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रुकुमपश्चिममा छोराले गरे बुवाको हत्या


754
Shares

काठमाडौं । रुकुमपश्चिममा एक छोराले आफ्नै बुवाको हत्या गरेका छन् । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका १० घारीखोलाका १९ वर्षीय वीरबहादुर केसीले ५१ वर्षीय बुवा दर्बे केसीको हत्या गरेको प्रहरीले जनाएको छ ।

आइतबार साँझ वीरबहादुरले बुवा दर्बेको पेटमा चक्कु प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुवाको हत्या गरेपछि जंगल तिर भागेका वीरबहादुरको खोजी भइरहेको जनाइएको छ ।

बुवाले कान्छी श्रीमती ल्याएको विषयमा घरमा विवाद हुने गरेको थियो । अनुसन्धान पछि मात्रै हत्याको कारण खुल्ने प्रहरीले जनाएको छ ।