
काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यापारी मीनबहादुर गुरुङबाट दानमा पाएको जग्गासम्बन्धी विवादको रिट निवेदन आज पनि हेर्न नभ्याईनेमा परेको छ ।
सर्वोच्चका न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाईका लागि पेशी तोकीए पनि हेर्न नभ्याईने भन्दै सुनुवाई स्थगित गरिएको हो ।
उक्त रिट निवेदनमाथिको सुनुवाई आज समेत गरी पाँचौ पटक स्थगित भएको छ ।
गत कात्तिक १२ गते न्यायाधीश सुनिल कुमार पोखरेलको ईजलासले जग्गा दानमा दिने र पार्टी कार्यलय निर्माण गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्नु भन्दै अल्पकालीन अन्तरीम आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्