२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


संविधानअनुसार बन्न बाँकी कानूनहरूको सम्बन्धमा अध्ययन गर्न संसदीय उपसमिति गठन


312
Shares

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले संविधानअनुसार बन्न बाँकी कानूनहरू सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको बैठकले संविधानअनुसार बन्न बाँकि कानूनहरुको संसद्मा ल्याउन भनि दिएको निर्देशनको कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्न नेकपा (माओवादी केन्द्र)का सांसद डा. वेदुराम भुसालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

समितिलाई अध्ययन प्रतिवेदन समितिमा पेश गर्न आजैको मितिदेखि एक महिनाको समय दिइएको समिति सभापति तुलसा कुमारी दाहालले बताउनुभयो । उहाँकाअनुसार उपसमितिले कुन मन्त्रालयले कति वटा विधेयक ल्याए र कति वटा विधेयक ल्याउन बाँकि छन् भन्न विषयमा अध्ययन गर्नेछ ।

उपसमितिले बुझाएको प्रतिवेदनको आधारमा सम्बन्धित मन्त्रालयलाई समितिले सुझाव तथा निर्देशन उहाँको भनाइ छ । केही ऐनहरु पञ्चायतकालका तथा संविधान बन्नुभन्दा पहिलेका समेत रहेको उल्लेख गर्दै उहाँले ति ऐनहरुलाई समसामयिक बनाउनका लागि मन्त्रालयहरुसँग आवश्यक छलफल र सहाकार्य गर्ने बताउनुभयो ।

दलीय आधारमा समिति सदस्यहरु तोकिएको सभापति दाहालले बताउनुभयो । समितिको सदस्यहरुमा नेकपा (माओवादी केन्द्र)बाट गंगाकुमारी वेल्वासे, नेकपा (एमाले)बाट गोपाल भट्टराई, नेपाली कांग्रेसको तर्फबाट विष्णुदेवि पुडासैनी र जनता समाजवादी पार्टी नेपालबाट मृगेन्द्रकुमार सिंह यादव रहनुभएको छ ।