
काठमाडौं । सरकारका मन्त्रीहरुको त्रैमासिक समीक्षा आज हुँदैछ । त्रैमासिक समीक्षाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो तीन बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीहरुलाई बोलाउनुभएको छ ।
आज बस्ने बैठकमा सबै मन्त्री र सबै मन्त्रालयका सचिवलाई डाकिएको छ । चालु आर्थिक वर्षमा सरकारले गरेका कामहरुको समीक्षा गर्ने पनि तयारी गरिएको छ ।
प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । सरकारले गरेका काम कारवाहीहरु, मन्त्रालयले सचिवहरुसँग गरेका कार्य सम्पादन सम्झौता र प्रधानमन्त्रीसँग मन्त्रीहरुले गरेका कार्य सम्पादन सम्झौताबारे समीक्षा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्