२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


शेयर बजारमा करिब ४० अंकको वृृद्धि


793
Shares

काठमाडौं । शेयर बजारमा बुधबार पनि करिब ४० अंकको वृृद्धि आयो ।

योसँगै नेप्से परिसूचक २७ सय ५६ विन्दुमा पुगेको छ । कारोबार पनि बढेर सवा ९ अर्ब माथि पुग्यो । वित्त बाहेक अरु सबै समूहमा हरियाली छाउँदा व्यापार समूहमा सर्वाधिक ९ प्रतिशतको वृृद्धि आयो ।

यस्तै विकास बैक समूह ३ प्रतिशतले उकालो लाग्दा बाँकी पनि अधिकांश समूह १ प्रतिशत बढीले उकालो लागेका छन् । विशाल बजार कम्पनी, कर्णाली विकास बैक लगायत करिब दर्जन कम्पनीको शेयर सकारात्मक सर्किट लेबलमा कारोवार भएका छन् ।

कारोवारका आधारमा जानकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी अब्बल रहे । यसदिन २ सय कम्पनीको शेयर मूल्य बढ्दा ३८ कम्पनीको घटेको छ । यसदिन ३ सय १६ कम्पनीको १ करोड ७१ लाख कित्ता शेयर ९ अर्ब ३१ करोडमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ ।