
web pic
काठमाडौं । भक्तपुरमा आज बिहान ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
काठमाडौंतर्फ आउँदै गरेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएका छन् भने उनकी श्रीमती नवीनाको मृत्यु भएको छ ।
घाइते भएका जितेको नागरिक कम्युनिटी अस्पताल गठ्ठाघरमा उपचार भइरहेको छ । प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्