
काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार शेयर बजार घटेर बन्द भएको छ ।
पछिल्ला तीन दिनदेखि बढीरहेको बजार बिहीबार ८ अंक घटेर २७४८ विन्दुमा झरेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ ।
बिहीबार विभिन्न कम्पनीको एक करोड ६६ लाख ६३ हजार कित्ता शेयर ८ अर्ब ५४ करोड ५५ लाख २५ हजार रुपैयाँमा खदिर बिक्री भएको छ । ५० वटा कम्पनीको शेयरमूल्य बढ्दा एक सय ९४ कम्पनीको शेयर मूल्य घटेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये बिहीबार तीन वटा उपसमूह मात्रै बढेका छन् ।
व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९ प्रतिशत बढेको छ । विशाल बजार कम्पनी, विन नेपाल लघुवित्त र सपोर्ट लघुवित्तको शेयर मूल्यमा बिहीबार सकारात्मक सर्किट लागेको छ भने मानुषी लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा बिहीबार एक्सेल डेभलपमेन्ट बैंकको सर्वाधिक ३१ करोड ८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्