२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


महावु गाउँपालिका अध्यक्षमा एमालेका शाही विजयी


0
Shares

काठमाडौं । दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका जङ्गबहादुर शाही विजयी भएका छन् ।

एमालेका शाहीले तीन हजार १२७ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । शाहीका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका झलक भण्डारीले दुई हजार ६७५ मत प्राप्त गरेका छन् ।

यस्तै नेकपामा माओवादीका जङ्ग बहादुर बराल मगरले ८४२ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाशले एक सय १२ मत प्राप्त गरेका छन् ।