
काठमाडौं । आइतबार सम्पन्न भएको स्थानीय तह उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी छ ।
पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसले १३ वटा वडामा जित हासिल गरेको छ । नेकपा एमालेले ५, माओवादी केन्द्रले ४, जसपा नेपालले २, एकीकृत समाजवादीले १, नेमपकिपाले १ र स्वतन्त्र उम्मेदवारले पनि एक ठाउँमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।
काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठ २ हजार ९ सय २ मतका साथ विजयी हुनुभएको छ । बाजुराको स्वामीकार्तिक गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा विजयी हुनुभएको छ । भण्डारीले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी पुल्तीसरा शाहीलाई हराउँदै बुढा विजयी हुनुभएको हो ।
तेह्रथुमको लालीगुराँस नगरपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार नगेन्द्र लिम्बु ४ सय ४० मतका साथ विजयी हुनुभएको छ । ताप्लेजुङकै सिरीजंघा गाउँपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा एमालेकी उम्मेदवार कुमार सावादेन ३ सय ५३ मतका साथ विजयी हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्