२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


शेयर बजारमा वृद्धि


221
Shares

काठमाडौं । शेयर बजारमा मंगलबार पनि दोहोरो अंकको सुधार आएको छ ।

सोमबार करिब २० अंकले उकालो लागेको बजार मंगलबार झण्डै १८ अंकको वृद्धिसँगै परिसुचक २७ सय ७५ विन्दु कायम भएको हो ।

कारोबार रकम पनि सोमबारको तुलनामा मंगलबार घटेको नेप्सेले जनाएको छ ।

सोमबार १० अर्ब बढीको कारोवार भएको बजार मंगलबार आढे ८ अर्बमा खुम्चिएको छ । १३ उपसुचक मध्ये मंगलबार पनि व्यपार समूहमा सर्वाधिक ६ प्रतिशतको वृद्धि आउँदा वित्त, जलविद्युत र जीवन बिमा समूहमा एक प्रतिशत बढीले उकालो लागेका छन् । उत्पादन र अन्य समूह पनि सामान्य अंकले बढेका छन् ।

बैकिङ्ग, होटल तथा पर्यटन र लगानी समूहमा भने सामान्य अंकको गिरावट आएको छ । आधा दर्जक कम्पनीको शेयर सकारात्मक सर्किट लेबलमा कारोवार भएको बजारमा १ सय ४२ कम्पनीको मूल्य बढेको छ । न्यादी ग्रूप र जानकी फाइनान्सको शेयर मंगलबार उच्च कारोबार भएको छ ।

मंगलबार ३ सय ७ कम्पनीको १ करोड ८१ लाख कित्ता शेयर ८ अर्ब ५२ करोड बढीमा किनबेच भएको नेप्सेले जनाएको छ ।