
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीहरुले आन्तरिक उडानमा टिकट भाडा बढाएका छन् ।
निगमले शनिबार हवाई इन्धनमा प्रति लिटर २ रुपैयाँ बृद्धि गरेको थियो ।
फ्युल सरचार्ज बढेसंगै कम्पनीहरुले हवाई भाडामा ९० रुपैयाँसम्म वृद्धि गरेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृतिसंगै कम्पनीहरुले लागू गरेको नयाँ टिकट दर बुधबारदेखि लागू हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्