७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


दुई वटा संसदीय समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज एकै पटक दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।

जस अनुसार बिहान ११ बजे पूर्वाधार विकास समितिको बैठक बस्दैछ । बैठकमा समितिमा प्राप्त उजुरी र जलस्रोत विधेयक, २०८१ बारे छलफल हुँदैछ ।

त्यस्तै बिहान साढे ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठकमा राष्ट्रिय निकुञ्जहरुको अवलोकनका सम्बन्धमा छलफल हुनेछ ।