२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


रवि लामिछानेलाई आज अदालतमा पेश गरिँदै


0
Shares

काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्की उपस्थित गराइँदैछ ।

कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई पछिल्लो पटक थपिएको हिरासत म्याद सकिएकाले आज अदालत लगेर म्याद थप गर्न लागिएको हो ।

पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध कास्की जिल्ला अदालतले पाँचौपटक अर्थात् पछिल्लोपटक यही मंसिर ९ गते १५ दिनको म्याद थप गरेको थियो । उक्त म्याद मंसिर २१ गते सकिएको र उक्त दिन शनिबार परेकाले आज लामिछानेविरुद्ध छेटौँपटक म्याद थप्न लागिएको हो ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अवैध रूपमा गोर्खा मिडिया प्रालिमा लगेको भन्दै ग्यालेक्सी टेलिभिजनका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई प्रहरीले गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी कास्की जिल्ला अदालतमा पेश गरेको थियो ।